Sidhasewa - सिधासेवा Android

Sidhasewa - सिधासेवा

सिधासेवा - नेपाली माटो सुहाउँदो नेपालकै पहिलो व्यावहारिक अनलाइन बजार

Features & Capabilities

सिधासेवा एउटा जीवनशैली हो। जसको माध्यमद्वारा मौलिक र आत्मनिर्भर समाज बनाउनको निम्ति उत्पादक र उपभोक्ताको बीचमा रहेर साझा चौतारी (व्यवस्थापक) को भूमिका निर्वाह गर्दछ। यो एउटा अनलाइन बजार "मार्केटप्लेस" हो जुन सूचनाको लागि हो।

सिधासेवा (sidhasewa.com) साइट सिधासेवा समाज प्राइभेट लिमिटेडको स्वामित्वमा सञ्चालित छ। जुन मुनाफा वितरण नगर्ने अर्थात् सेवा मुखी संस्था हो। सिधासेवाले अनलाइन बजार अर्थात् विद्युतीय तरङ्गको माध्यमद्वारा शोषण रहित समाज निर्माणको लागि भूमिका निर्वाह गर्दछ।

यदि कुनै पनि कुराहरूको वास्तविक अवस्था थाहा भयो भने जीवनयापनको क्रममा सधैं सही र उत्तम निर्णय लिन सकिन्छ। सिधासेवाले बजारको वास्तविक सूचना (Actual information) सबै माझ पुऱ्याउनको निम्ति उत्पादक र उपभोक्ताको बीचमा सधैं पुलको काम गर्ने गर्दछ।

मानव जीवनका भूमिका:
उत्पादक को भूमिकामा
व्यवस्थापक/बिचौलियाको भूमिकामा
उपभोक्ताको भूमिकामा
यी सबै भूमिकाहरूको उद्देश्य सुख, शान्ति र सन्तुष्टि नै हो। आत्मनिर्भर तब हुन्छ जब मानवले न्यायोचित श्रमको वास्तविक मूल्य प्राप्त गर्दछ।

"सिधासेवाद्वारा सभ्य र समृद्ध समाज निर्माणको लागि सबैमा हार्दिक आवाहन"
परिभाषाहरू:
समाज = साझा आवाजको समूह नै समाज हो।
सेवा = सत्कर्म नै सेवा हो।
व्यापारको लक्ष्य = मुनाफा
व्यवहारको लक्ष्य = सबैको सुख, शान्ति र सन्तुलन
आत्मनिर्भर = समय, पात्र र परिस्थितिको उच्चतम सदुपयोग गर्नु
परजीवी = उत्पादनमा प्रत्यक्ष वा परोक्ष योगदान नगर्ने व्यक्ति
बिचौलिया = न्यायोचित योगदान नगर्ने, समाजको सन्तुलन भंग गर्ने व्यक्ति
व्यवस्थापक = न्यायोचित योगदान गर्ने, समाजमा सन्तुलन कायम राख्ने व्यक्ति
महत्वपूर्ण विचारहरू:
सही समयमा गरेको गलत काम र गलत समयमा गरेको सही कामको नतिजा सधैं नकारात्मक नै हुने गर्दछ।
अशुद्ध तथा अप्राकृतिक कुराको प्रयोग तथा उपभोगको परिणाम निश्चित समय र सीमापछि सधैं पीडादायी नै हुने गर्दछ।
राष्ट्र कमजोर हुनु भनेको नागरिक कमजोर हुनु हो, नागरिक कमजोर हुनु भनेको राष्ट्र कमजोर हुनु हो। त्यसैले देशको ढुकुटीलाई कमजोर बनाउने आर्थिक गतिविधि प्रति सबै सचेत बनौँ।
संसारको सबैभन्दा सुखी, स्वस्थ र भाग्यमानी व्यक्तिहरू ती हुन् जसले आफ्नो भान्सामा पकाएर परिवारसँगै बसेर खान पाउँदछ।
*बजार तपाईंको, विचार तपाईंको, परजीवी बन्ने कि आत्मनिर्भर बन्ने अब पालो तपाईंको?

प्रतिबद्धता (Commitment)
सिधासेवाले कुनै पनि अर्थमा नेपाल र नेपालीहरूको अहित हुने कार्य गर्ने वा गराउने त्यस्ता कुनै पनि विषयहरूको प्रचार प्रसारलाई समर्थन गर्दैन।

User Growth & Download Statistics

App
By:
Sidhasewa
Downloads:
291 16
Version:
1.0.3 Last updated: 2026-01-28
Version code:
7
Creation date:
2025-12-01
Publisher country:
NP NP
Permissions:
  • android.permission.CALL_PHONE Very high risk
  • android.permission.INTERNET Low risk
  • android.permission.ACCESS_NETWORK_STATE Safe
  • com.android.vending.CHECK_LICENSE Safe
  • com.sidhasewa.app.DYNAMIC_RECEIVER_NOT_EXPORTED_PERMISSION
Size:
26.83MB
Email:
in*****@sidhasewa.com
URLs:
Website ,Privacy policy
Full description:
See detailed description
Source:
Google Play Store
Data ingested on:
2026-06-15
Compare stats and ranking:

Contact the developer

Chrome-Stats does not own this Android app. Please use these information below to contact the Android app developer.
Developed by:
Sidhasewa
Google Play Store
https://play.google.com/store/apps/details?id=com.sidhasewa.app
Email:
in*****@sidhasewa.com
Website:
https://sidhasewa.com/

Best Sidhasewa - सिधासेवा Alternatives

Here are some Android apps that are similar to Sidhasewa - सिधासेवा: